सिचुआन एयरलाइन्सले काठमाडौं–छेङ्दुको उडान संख्या बढाउने

Posted on: 01 Aug, 2023

साउन १६, काठमाडौँ | चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु उडान सख्या वृद्धि गर्ने भएको छ । कम्पनीले सातामा सातवटै उडान नियमित गर्नेगरी अन्तिम तयारी गरेको हो । 

हाल सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु रुटमा सातामा ४ वटा मात्र उडान भर्दै आएको छ । 

नेपाल–चीन यात्रुहरुको संख्यामा वृद्धि भएसँगै कम्पनीले आगामी अगस्टदेखि नियमित सातामा सातवटा उडान भर्ने तयारी गरेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । 

कोभिड–१९ पछि रोकिएको नेपाल–चीन हवाई उडान सिचुआन एयरलाइन्सले गत मार्चबाट मात्र नियमित उडान शुरु गरेको थियो । सेप्टेम्बर लागेसँगै चिनियाँ पर्यटकको आउजाउ बढ्ने भएकाले कम्पनीले उडान थप्न लागेको जनाएको छ ।

काठमाडौं–छेङदु सातामा ४ वटा उडान गर्दै आएको कम्पनीले थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नियमित उडानका गर्न चाहेको छ । यसका लागि कम्पनीले आवश्यक गृहकार्य गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!