पाकिस्तानमा पार्टीको कार्यक्रममा विस्फोट हुँदा ४४ जनाको मृत्यु, १ सय भन्दाबढी घाइते

Posted on: 31 Jul, 2023

साउन १५, खार | इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीले यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरु फेला परेको जनाएको छ । सबै घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको अधिकारीहरुको भनाई छ । तर मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ । कम्तिमा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

के कारणले विस्फोट गराइयो भन्ने खुलेको छैन । बीबीसी :

यस बिषयमा तपाइको प्रतिक्रिया...!