फिलिपिन्समा यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु

Posted on: 28 Jul, 2023

साउन १२, एजेन्सी | फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ | भने ४० जनालाई जीवितै उद्धार गरिएको छ । 

राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ । बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए।

उद्धार कार्य जारी छ। यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!