अमेरिकामा घरको घण्टी बजाएको भन्दै भारतीय व्यक्तिले गरे १६ वर्षका तीन किशोरको हत्या

Posted on: 18 Jul, 2023

साउन २, काठमाडौँ | अमेरिकामा भारतीय मूलका एक व्यक्तिलाई १६ वर्षका तीन किशोरको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । यी तिनै किशोर सन् २०२० मा भारतीय मूलका अनुराग चन्द्रलाईको घरको घण्टी बजाएर भागेका थिए ।

घटना क्यालिफोर्नियाको हो । डोर बेल अर्थात् ढोकाको घण्टी बजाउने किशोरमाथि रिसाएका अनुरागले आफ्नो कारबाट ती किशोरहरु सावर गाडीलाई ठक्कर हाने । जसका कारण यी तीन किशोरको मृत्यु भयो ।

अप्रिल महिनामा अनुरागलाई हत्याको दोषी पाइएको थियो । अनुसन्धानमा के पाइयो भने जुन गाडीमा किशोर सवार थिए, अनुरागले त्यसलाई जानीजानी ठक्कर दिए । यो घटना १९ जनवरी सन् २०२० मा भएको थियो ।

कारले ठक्कर दिएपछि अनुराग घटनास्थलबाट निस्किएर आफ्नो घर आए र यसबारे कसैलाई जानकारी दिएनन् । यो ठक्करका कारण ड्राइभरसमेत तीनजना घाइते भएका थिए ।

यी किशोर डोर बेल बजाउने प्र्याङ्क गरिरहेका थिए । तीन जनामध्ये एक किशोरले घण्टी बजाएपछि आफ्नो कारमा आएर बसे ।

त्यसपछि पछाडिबाट अनुराग आए र आफ्नो कारले उनीहरूलाई त्यति बेलासम्म पिछा गरे जबसम्म किशोरको कारलाई ठक्कर दिएनन् । अनुरागमा घरेलु हिंसाविरुद्धको मुद्दा पनि चलिरहेको छ । हत्याको आरोपमा चन्द्रा जनवरी २०, २०२० मा गिरफ्तार भएदेखि रिभरसाइडको रोबर्ट प्रेस्ली डिटेन्सन सेन्टरमा हिरासतमा छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!