सिड्नी–नयाँ दिल्ली उडेको विमानमा यात्रुले हाने एयर इन्डियाका अधिकारीलाई थप्पड

Posted on: 16 Jul, 2023

असार ३१, एजेन्सी | सिड्नी–दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई एक यात्रुले थप्पड र दुर्व्यवहार गरेका थिए।

सिड्नीबाट–दिल्ली उडेको AI301 जहाजको सिटमा खराबीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले सच्याउन खोज्दा घटना भएको हो। जब एयर इन्डियाका अधिकारीले आफ्नो सहयात्रीलाई उसको ठूलो आवाजको बारेमा सच्याउन थाले, यात्रुले उनलाई थप्पड हाने, उनको टाउको घुमाए र गाली गरेको स्रोतले जनाएको छ । शारीरिक आक्रमणको बाबजुद एयर इन्डियाका चालक दलका सदस्यले अनियन्त्रित यात्रुलाई नियन्त्रण गर्न संयम उपकरण प्रयोग गरेनन । 

एक विज्ञप्तिमार्फत एयर इन्डियाका प्रवक्ताले भने, ‘जुलाई ९ मा सिड्नी–दिल्ली सञ्चालन गर्ने उडानमा एक यात्रुले मौखिक र लिखित चेतावनीको बाबजुद, उडानको क्रममा अस्वीकार्य व्यवहार गरे, जसले अन्य यात्रुहरूलाई असुविधा भएको थियो, जसमा हाम्रा एक कर्मचारीमाथी पनि हातपात भयो ।’

विमान दिल्लीमा सकुशल अवतरण गरेपछि यात्रुलाई सुरक्षा निकायलाई सुम्पिएको र पछि यात्रुले लिखित रूपमा माफी मागेको एयरलाइन्सले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!