वातावरणीय नियम तोडेको आरोपमा नेइमारलाई ३३ लाख डलर जरिवाना

Posted on: 04 Jul, 2023

एजेन्सी | ब्राजिलका प्रसिद्ध विश्व फुटबल खेलाडी नेइमारले वातावरणीय नियम तोडेको आरोपमा ३३ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

जर्मनीको विश्व च्यानल डडब्लूका अनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियो क्षेत्रकै तटिय सहर मांगारातिबाको समुद्र किनारमा नेइमारले बनाएको लाखौँ डलरको निर्माणाधीन भवन क्षेत्रले वातावरण बिगारेको भन्दै उनलाई जरिवाना तिराइएको हो । नेमारलाई आफ्नो घरमा अवैध रूपमा कृत्रिम ताल र बिच निर्माण गरेकोमा १६ मिलियन ब्राजिलियन रियास (लगभग ३.३३ मिलियन डलर वा ३.०५ मिलियन युरो) जरिवाना गरिएको हो ।

नेइमारलाई स्थानीय सरकारले उक्त जरिवाना तिराएको हो । कृत्रिम ताल र बिच बनाउँदै गरेको सबै काम स्थानिय अधिकारीहरुले रोकेका छन् भने वातावरण कानुन पालन नगरेको भन्दै गत महिनानै चेतावनी दिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!