इयुद्वारा इजरायलमा भएको आक्रमणको निन्दा:- संयम अपनाउन आग्रह

Posted on: 08 Apr, 2023

चैत २५, ब्रसेल्स | युरोपेली सङ्घले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ । 

सङ्घले सबै पक्षलाई “संयम” अपनाउनका लागि आह्वानसमेत गरेको छ । “ईयुले यस किसिमका हिंसापूर्ण गतिविधिको पूर्णनिन्दा गर्दछ । हिंसा बन्द हुनुपर्छ”, ब्लाकका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलमा शुक्रबारको आक्रमणपछि विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

कब्जा गरिएको वेस्ट बैंकमा गोली हानाहानमा १६ र २० वर्षका दुई बेलायती–इजरायली दिदीबहिनीको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी छिन् भने तेल अवीभमा साइकल चलाउने बाटोमा हिँडिरहेका मानिसलाई कारले ठक्कर दिँदा एकजना इटालियन पर्यटकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

बोरेलले गाजा पट्टी र लेबनानबाट भएको “अन्यधुन्ध”रकेट फायरको पनि निन्दा गरेका  छन् । 

यसैगरी जेरुसेलमको अल–अक्सा मस्जिदभित्र बुधबार इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भएको हुँदा इजरायलले गाजा र लेबनान दुबैमा प्यालेस्टाइनी लडाकुले रकेट फायर गरेपछि इजरायलले बमबारी गरेपछि हिंसा बढेको बताएको छ ।

बोरेलले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै तनाव कम गर्न र  जारी धार्मिक विवाद शान्त पार्न पनि आग्रह गरेका छन् ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!