प्रहरीसँगको झडपमा कराँचीमा तीनजनाको मृत्यु

Posted on: 08 Apr, 2023

चैत २५, इस्लामावाद | पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ ।  

मारिएका अपराधीहरूको पहिचान भएको र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानून प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ ।  यसैगरी शनिबार बिहानै प्रहरीले शहरका विभिन्न क्षेत्रमा अपरेसन गरी पाँचजना शङ्कास्पदलाई पक्राउ गरेको  पनि जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!