पोर्नस्टार स्टर्मी डेनियल भनिन्: डोनाल्ड ट्रम्पलाई जेल हाल्नु हुँदैन

Posted on: 08 Apr, 2023

चैत २५, एजेन्सी | अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भने, ‘मलाई लाग्दैन कि मेरो विरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त छ।’

तर, अर्को सुनुवाइमा बयान दिन बोलाइए पक्कै जाने उनले बताइन् । उनले भनिन्, ‘यो निकै चुनौतीपूर्ण छ तर म आशावादी छु । मसँग लुकाउन केहि छैन। सुरुदेखि नै सत्य बोल्ने म मात्रै हुँ।’ जब ट्रम्प अदालत जाँदै थिए, उनको मिश्रित भावना थियो र उनी दुखी पनि थिइन्।

पूर्व राष्ट्रपति ट्रम्पमाथि पोर्न स्टार डेनियललाई चुप राख्न १३०,००० अमेरिकी डलर तिरेको आरोप छ। यस अभियोगमा उनलाई अधिकतम चार वर्षको जेल सजाय हुनसक्छ । कथित रूपमा, ट्रम्पले आफ्नो अफेयर सार्वजनिक नगर्नका लागि यो भुक्तानी गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!