सिक्किममा गएको हिउँपहिरोमा परी ३ नेपाली मृत्यु, १३ जना घाइते

Posted on: 05 Apr, 2023

चैत २२, एजेन्सी | भारतको सिक्किममा गएको हिउँ पहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु भएको छ। साथै ३ नेपालीसहित १३ जना घाइते भएका छन् । 

मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रूपन्देहीकी मुना शाह श्रेष्ठको रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।

साथै नेपालका रमेश खनाल, ज्योति गुरूङ, गीता सापकोटा घाइते भएका छन्। उनीहरू घुम्न त्यहाँ पुगेका थिए।

मंगलबार दिउँसो १२:१५ बजेतिर गान्तोक-नाथुला पास जोड्ने जवाहरलाल नेहरु सडकमा हिउँ पहिरो गएको थियो। हिउँ पहिरोमा करिब ५ सय पर्यटक फसेका थिए।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाबाट आफू दुखी भएको उल्लेख गरेका छन्। उनले घाइतेहरूको सरकारले उपचार गर्ने पनि बताएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!