विश्वका लोकप्रिय नेताको सूचीमा भारतका प्रधानमन्त्री मोदी पहिलो स्थानमा

Posted on: 03 Apr, 2023

चैत २०, काठमाडौँ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसारका सबभन्दा लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा छन् ।  मर्निङ कन्सल्ट नामक कम्पनीले चार दिनअघि सार्वजनिक गरेको सूचीमा मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई पछि पारेका छन् । 

मोदीको समर्थन सूचकांक ७६ प्रतिशत छ भने उनीपछि दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर छन् । मार्च २२ देखि २८ सम्म संकलन गरेको आँकडाका आधारमा यो सर्वेक्षणको नतिजा निकालिएको मर्निङ कन्सल्टले जनाएको छ । 

यो सूची लगातार अद्यावधिक गर्ने गरिएको छ । यसमा बाइडन सातौं स्थानमा छन्। सर्वेक्षणमा सबै अन्तर्वार्ताहरू अन्लाइन लिइएको र देशका विभिन्न समूहका वयस्क मानिसहरूको राय लिइएको मर्निङ कन्सल्टले जनाएको छ । कुल २२ जना नेताको बारेमा सर्वेक्षण गरिएकोमा दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योल अन्तिममा छन् । उनको समर्थन सूचकांक जम्मा १९ प्रतिशत छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!