नवजोत सिंह सिद्धु आज रिहा हुदै

Posted on: 01 Apr, 2023

चैत १८, एजेन्सी | कांग्रेस नेता तथा पूर्वक्रिकेटर नवजोतसिंह सिद्धू (आज) शनिबार रिहा हुने भएका छन् । ३४ वर्ष पुरानो रोडरेज प्रकरणमा गत वर्षदेखि जेलमा रहेका सिद्धू शनिबार छुट्ने सम्भावना रहेको छ | यो जानकारी सिद्धुको ट्विटर ह्यान्डलबाट दिइएको हो।

रोड रेज मामिलामा गत वर्ष सर्वोच्च अदालतले सिद्धुलाई एक वर्षको जेल सजाय र एक हजार जरिवानासुनाएको थियो । यसपछि सिद्धुले आत्मसमर्पण गरेका थिए । उनी विगत दश महिनादेखि जेलमा छन् । सिद्धुको रिहाइको सन्दर्भमा उनका वकिल एपीएस वर्माले पञ्जाब जेलको नियम अनुसार राम्रो व्यवहार गर्ने कैदीलाई सजायबाट छुट दिन सकिने बताए।

सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप छ। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो । नवजोत सिद्धुलाई तल्लो अदालतले सफाइ दिएपछि पीडित परिवारले उक्त निर्णयलाई उच्च अदालतमा पेस गरेका दिएका थिए । उच्च अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो ।सिद्धुले उच्च अदालतको निर्णयलाई  सर्वोच्च अदालतमा पेस गरेका थिए । सर्वोच्च अदालतले १९ मे २०२२ मा सिद्धुलाई एक वर्षको जेल सजाय र १ हजार जरिवाना सुनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!