कराँचीमा नि:शुल्क खाद्यान्न वितरण गर्ने क्रममा भागदौड मच्चिदा ९ जना महिलाको मृत्यु

Posted on: 01 Apr, 2023

चैत १८, कराँची | कराचीस्थित एक कारखानामा  खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ ।  मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्। नि:शुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासि भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो ।  

 उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।

कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!