बर्षाका कारण महिला लिगको आजको खेल भयो स्थगित

Posted on: 28 Sep, 2024

असोज १२, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी महिला लिगअन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको छ ।

आज महिला फुटबल लिग अन्तर्गत अपराह्न १ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो ।

लगातारको बर्षापछि एन्फाले आजको खेल स्थगित गरेको हो । एन्फाले यो खेलको तालिका पछि प्रकाशित गर्ने जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!