उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा

Posted on: 02 Jul, 2024

असार १८, काठमाडौँ । उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।

मंगलबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा उरुग्वे र पानामाले आ-आफ्नो खेल जितेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।


उरुग्वेले आफ्नो समुह चरणको अन्तिम खेलमा अमेरिकालाई १-० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि उरुग्वेले समुह चरणका तिनै खेल जितेर समुह सी मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै समुह सी को आजै सम्पन्न अर्को खेलमा पानामाले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि पानामाले ३ खेलमा दुई जितसहित ६ अंक हासिल गर्दै समुह सी मा दोस्रो भएर क्वाटरफाइनलमा पुगेको छ ।

योसँगै समुह सी बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा उरुग्वेले समुह डी को उपविजेता र पानामाले समुह डी को विजेतासँग खेल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!