अस्ट्रेलियाद्वारा अफगानिस्तानसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न अस्वीकार

Posted on: 04 Jul, 2024

असार २०,  काठमाडौँ । अस्ट्रेलियाले तालिवान सरकारको महिला अधिकारप्रतिको अडानका कारण अफगानिस्तानसँग कुनैपनि द्विपक्षीय क्रिकेट नखेल्ने बताएको छ । अस्ट्रेलियाले महिला र बालिकाको मानव अधिकारमा उल्लेखनीय ह्रास आएको भन्दै अफगानिस्तानसँग तीन पटक द्विपक्षीय शृङ्खला खेल्न अस्वीकार गरेको क्रिक इन्फोले जनाएको छ ।


गएको महिना भएको ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि अस्ट्रेलियाका खेलाडी उस्मान ख्वाजाले क्रिकेट अस्ट्रेलियाको अडान ठीक नभएको बताएका थिए । अफगानिस्तानका कप्तान राशिद खानले पनि खेलपछिको अवस्थाबारे टिप्पणी गर्दै यो समस्या समाधानका लागि केही गर्न सकिन्छ कि भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

यस विषयमा अफगानिस्तान क्रिकेट बोर्डसँग नियमित संवाद जारी रहेको र भविष्यमा अफगानिस्तानसँग फेरि द्विपक्षीय क्रिकेट खेल्ने अपेक्षा रहेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!