युरोकपमा रोमानियासंग युक्रेन ३ -० गोलले पराजित

Posted on: 18 Jun, 2024

असार ४, काठमाडौँ । रोमानियाले युरोकप 2024 मा विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न समुह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए । यो जितपछि रोमानियाले समुह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ । 

अब रोमानियाले अर्को खेल जुन २३ मा बेल्जियमविरुद्ध खेल्ने छ भने युक्रेनले जुन २१ मा स्लोभाकियासँग खेल्ने तालिका रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!