टी–२० विश्वकपमा सेमिफाइनलको लागि खेल तालिका सार्वजनिक, कुन टिम कोसँग खेल्ने?

Posted on: 17 Jun, 2024

असार ३, काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा ‘सुपर आठ’ प्रवेश गर्ने बंगलादेश अन्तिम टोली बनेको छ। यो सँगै ’सुपर आठ’ समिकरण पुरा भएको छ। सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गर्दै सुपर आठमा प्रवेश गर्यो।

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटिंदा सहज रुपमा जित हासिल गर्यो। विश्वकपको सुपर आठमा समूह ’ए’ बाट भारत र अमेरिका प्रवेश गर्दा समूह ‘बी’ बाट अस्ट्रेलिया र इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाए।

त्यस्तै समूह ‘सी’ बाट अफगानिस्तान र वेस्टइन्डिज प्रवेश गर्दा समूह ’डी’ बाट दक्षिण अफ्रिका र बंगलादेशले स्थान बनाउन सफल भए। अब सुपर आठको १ नम्बर समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहँदा सुपर आठको २ नम्बर समूहमा अमेरिका, इंग्ल्यान्ड, वेस्टइन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्ने छन्। सुपर आठको दुई समुहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । अब सुपर आठका खेलहरु जुन १९ देखि हुने छन् 

यस्तो छ खेल तालिका


यस बिषयमा तपाइको प्रतिक्रिया...!