नेपालको पावर प्लेमा खराब शुरुवात, कप्तान रोहित पनि आउट

Posted on: 19 Apr, 2024

बैशाख ७, काठमाडौँ | नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान पौडेलको रुपमा तेस्रो विकेट गुमाएको हो ।

रोहितले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ७ ओभरमा ३ विकेट गुमाउदै ३८ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!