नेपालको चौथो विकेट पतन, दीपेन्द्र सिंह ऐरी आउट

Posted on: 17 Apr, 2024

बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । उनी पाँच बलमा २१ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलरवाजी उल हसनले क्याच आउट गरेका हुन् ।

हाल नेपालले ६ ओभरको खेल सकिंदा ४ विकेट गुमाई ५५ रन बनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!