भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात खेल्ने

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिम खेल्ने भएका छन् । विहिबार सम्पन्न खेलमा गुजरातले बरोडा क्रिकेट एसोसियसनको टिमलाई ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।


नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यद्यपी लिग चरणमा शुक्रबार नेपाल र बरोडाबीच खेल हुने छ ।

फ्रेन्डसिप कपको फाइनल खेल भने आइतबार अप्रिल ७ मा हुने छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!