आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो पहिलो ब्याटिङको निम्तो

Posted on: 01 Apr, 2024

चैत १९, काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार घरेलु टोली नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । 

तीन खेलको शृङ्खला भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी–२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो । 

त्यसैले सोमबार हुने तेस्रो खेलमा नेपाली टोली सान्त्वना जितेको खोजीमा हुनेछ । अर्कोतिर, भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ भने शृङ्खला ‘क्लिन स्विप’ गर्ने दाउमा हुनेछ । टी२० शृङ्खलापछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीन वटा एक दिवसीय खेलको शृङ्खला खेलिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!