१५ औं ओभरमा ७ विकेट गुमाएर गुजरातले बनायो ८२ रन, गुलसन एक्लैले लिए चार विकेट

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीविरुद्धको खेलमा भारतको राज्यस्तरीय टोली गुजरातले १५ ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएको छ । 

नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिएका छन् ।  उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । करण केसीले पनि दुई विकेट हात पारे । नेपालले टस जिती गुजरातलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!