बहराइनसँग नेपाल ३-० ले पराजित

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ | नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए । नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफ भने गोलरहित सकिएको थियो । 

यो जितसहित बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समुह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन हुदै पुछारमा रहेको छ । यस समुहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अब नेपालले विश्वकप् छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!