गुलसन झाले दिलाए नेपाललाई तेस्रो सफलता

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट गुलसन झाले लिएका हुन् । 

गुलसनले आयरल्यान्ड ‘ए’ का चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड गरेका हुन् । ६.२ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ३८ रन बनाएको छ ।  आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!