नेदरल्यान्ड्सविरुद्धको उपाधि भिडन्तमा नेपालको यस्तो छ प्लेइङ-११

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | नेपालले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि केही बेरमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालले अघिल्लो खेलमा उत्रिएको टोलीमा कुनै परिवर्तन गरेको छैन। यही टोलीले नेदरल्यान्ड्सलाई हराएर नेपालले फाइनलमा स्थान बनाएको थियो ।

नेपालको टोलीमा रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, प्रतिस जिसी, करण केसी, सोमपाल कामी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कुशल मल्ल छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!