टी-२० शृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

Posted on: 03 Mar, 2024

फागुन २०, काठमाडौं |  घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल नेदरल्यान्ड्स र नामबियाबीच वर्षाका कारण रद्द भएपछि नेपालले उपाधि भिडन्त तय गर्ने टोली पक्का भएको हो ।

खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडे। ४ खेलबाट ५ अंक भएको नेदरल्यान्ड्स विजेता बन्दै फाइनल पुग्यो भने ४ अंक भएको नेपाल उप-विजेताका रूपमा अगाडि बढेको हो । नामिबियाको ४ खेलबाट केवल ३ अंक भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!