आक्रामक ब्याटिङ गरेका लेविट आउट, नेदरल्यान्ड्सले ६१ रनमा गुमायो पहिलो विकेट

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेपालविरुद्ध एक सय ७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले ६१ रनमा पहिलो विकेट गुमाएको छ ।

माइकल लेविट ३९ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा पवेलियन फर्किएका लेविटले ३४ बलमा ४ छक्का र तीन चौका प्रहार गरे।


म्याक्स ओदोद २१ रनमा खेल्दैछन् । नेदरल्यान्ड्सले ९ ओभरमा एक विकेट गुमाएर ६१ रन जोडेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!