विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

Posted on: 05 Feb, 2024

माघ २२, काठमाडौँ | नामः  न्यूयोर्क न्यू जर्सी स्टेडियम

स्थानः  पूर्वी रदरफोर्ड, न्यू जर्सी, संयुक्त राज्य अमेरिका

दर्शक क्षमताः ८२,५००

स्थापनाः  २०१०

 फिफा विश्वकप २६ को फाइनल न्यूयोर्कको न्यू जर्सीले आयोजना गर्ने भएको छ ।

फिफाका अनुसार फाइन खेलको होस्ट सिटीको रूपमा न्यूयोर्क न्यू जर्सी चयन गरेको जनाएको हो ।

जसअनुसार आइकोनिक न्यूयोर्क न्यू जर्सी स्टेडियमले आइतवार, १९ जुलाई २०२६ मा सबैभन्दा ठूलो विश्वकपको खेल देखाउँनेछ । 


यस स्टेडियमलाई वर्षौंदेखि एनफिएलका सुपरस्टारहरू होस्ट गर्न प्रयोग गरिएको छ तर फुटबलले प्रस्ताव गरेको सबैभन्दा राम्रो र स्टार खेलाडीहरूकाे सन २०२६ मा यसै मैदानबाट उदाउने अपेक्षा गरिएकाे छ ।

सन २०१० मा खोलिएको बहुउद्देश्यीय स्टेडियम यस स्टेडियममा सन २०१६ मा कोपा अमेरिकाको फाइनल खेल खेलाइएको थियो, जहाँ चिलीले लियोनेल मेसीको अर्जेन्टिनालाई पराजित गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!