प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि पुलिस क्लब र आर्मी क्लबबीच खेल हुँदै

Posted on: 03 Feb, 2024

माघ २०, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनल खेल हुँदैछ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेल्न लागेको हो भने ९ खेलबाट ७ खेलमा जित निकाल्दै आर्मी दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!