यू-१९ विश्वकप: नेपालले लियो भारतको तेस्रो विकेट

Posted on: 02 Feb, 2024

माघ १९, काठमाडौँ | विश्वकप यू–१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालले तेस्रो विकेटको रुपमा  भारतका शिर्षक्रमका ब्याटर  प्रयुश्न मोलियालाई रन आउट गराएको हो। नेपालले अरशिन कुलकर्नीलाई बोल्ड आउट गरेको हो।


नेपालका आकाश चन्दले उनलाई बोल्ड गरे।  नेपालका  लागि गुलशन झाले पहिलो विकेट लिएका थिए। उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका थिए। 

भारतले अहिले  १४ ओभरको समाप्तिमा भारत ६२  रन बनाएर खेलिरहेको छ। यू–१९ को सुपर सिक्समा पुगेको नेपाल आफ्नो अन्तिम खेल खेल्दैछ। समूह चरणमा एउटा मात्रै खेल जितेको नेपाल अंकविहीन छ। सुपर सिक्समा पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। भारत भने ६ अंक सहित शीर्ष स्थानमा छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!