भदौ ३१, काठमाडौँ | १६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेटको फाइलन खेलमा भारतविरुद्ध श्रीलंकले टस जितेर ब्याटिङ रोजेको छ । भारत–श्रीलंकाबीचको खेल ३ः१५ देखि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुनेछ ।
श्रीलंका लगातार दोस्रोपटक उपाधि जित्ने दाउमा छ । उसले गत संस्करणमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।
भारत आयोजक श्रीलंकालाई स्तब्ध पार्दै आठौँपटक एसिया कप उपाधि जित्ने रणनीतिमा छ । भारतले जारी प्रतियोगिताको सुपर फोरको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा गरेको थियो । उसले सुपर फोरको तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गर्यो ।
भारतले पाकिस्तान र श्रीलंकालाई हराउँदै बंगलादेशसँग भने हार बेहोर्न पुग्यो । श्रीलंकाले पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको टिकट सुरक्षित गरेको थियो ।
ऊ आज भारतविरुद्ध सुपर फोरमा बेहोरेको हारको बदला लिँदै एसिया कप च्याम्पियन बन्न चाहन्छ । हालसम्म श्रीलंकाले ६ पटक उपाधि जितेको छ । ऊ आज विजेता बन्दै सर्वाधिक उपाधि जित्ने भारतको कीर्तिमान बराबर पनि गर्ने सोचमा छ ।
हेड टु हेड
एसिया कपमा भारत र श्रीलंकाबीचको हेड टु हेड नतिजा हेर्दा दुवै बराबरीको अवस्थामा छन् । अहिलेसम्म यी दुई टिमले एसिया कपमा २२ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा भारत–श्रीलंकाले ११/११ खेल जितेका छन् ।
समग्र ओडिआई हेड टु हेडको कुरा गर्दा भने भारत अगाडि देखिन्छ । हालसम्म यी दुई टिमले १६६ ओडिआई खेलमा एकअर्काको प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ ।
११ खेल नतिजाविहीन हुँदा यी दुई टिमबीचको एक खेल भने टाइ भएको छ ।
भारतको प्लेइङ–११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकिपर), इशान किशन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, वाशिङ्टन सुन्दर, जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादव ।
श्रीलंकाको प्लेइङ–११ : कुसल परेरा, पाथुम निसान्का, कुसल मेन्डिस (विकेटकिपर), सदीरा समरविक्रमा, चरिथ असालान्का, धनन्जया डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेलालागे, कसुन रजिथा, दुशन हेमन्थ र माथीशा पाथिराना ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!