पाकिस्तानविरुद्ध भारतको शानदार सुरुवात

Posted on: 10 Sep, 2023

भदौ २४, काठमाडौँ | एसिया कपअन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले १० ओभरमा विकेट नगुमाई ६१ रन जोडेको छ। सुभमन गिल ४१ र रोहित शर्मा १८ रनमा खेल्दैछन्। गिलले ३१ बलमा ९ चौका प्रहार गरेका छन्।

पाकिस्तानका साहिन शाह अफ्रिदीले ३ ओभरमा ३१ र नसिम शाहले ५ ओभरमा २३ रन खर्चिएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!