नेपालले भारत बिरुद्ध पहिले ब्याटिङ गर्ने

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ । नेपाल बिरुद्धको एसिया कप अन्तर्गतको आफ्नो दोश्रो खेलमा भारतले नेपालसंग खेल्दैछ । खेलमा भारतले टस जित्दै पहिले बलिङ गर्ने भएको छ । केहि बेर अघि भएको टसमा भारतले टस जित्दै बलिङ रोजेको हो । 


श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ । 

पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो । समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्नेछ । त्यसैले यो खेल नेपाल र भारत दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!