नेयमारले भारतमा खेल्ने !

Posted on: 24 Aug, 2023

भदौ ७, काठमाडौँ | एसियन च्याम्पियन्स लिगको समूहगत चरणमा साउदी अरेबियाको क्लब अल हिलाल र भारतको मुम्बई सिटी एउटै समूहमा परेका छन् । यी दुबै क्लब एसियन च्याम्पियन्स लिगको समूह ‘डी’ मा रहेका छन् । 

ब्राजिलियन फुटबल स्टार नेयमार हाल साउदी क्लब अल हिलालबाट व्यवसायिक फुटबल खेल्छन् । उनी यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर साउदी क्लबमा आबद्ध भएका हुन् । त्यसैले एसियन च्याम्पियन्स लिगमा मुम्बई सिटीविरुद्घको खेल खेल्न अल हिलालसँगै ३१ वर्षीय नेमार पनि भारत आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


यद्दपि, अल हिलालले यस विषयमा केही बताएको छैन । एसियन च्याम्पियन्स लिगको उक्त खेल पुणेमा खेलिने छ । मुम्बई सिटीको घरेलु मैदान भने अन्धेरी स्पोर्टस कम्प्लेक्स हो । तर, त्यो रंगशाला एसियन च्याम्पियन्स लिगको मापदण्ड अनुसारको नरहेकाले खेल पुणेमा खेलाउन लागिएको हो । 

एसियन च्याम्पियन्स लिगको समूहगत चरणको खेल आगामी सेप्टेम्बर १८ तारिखदेखि सुरु हुँदैछ । तर, मुम्बई सिटी र अल हिलालबीचको खेलको मिति भने सार्वजनिक भइसकेको छैन । समूह ‘डी’ मा अल हिलाल र मुम्बई सिटीका अतिरिक्त उज्बेकिस्तानको नभबाहोर र इरानको नस्साजी मजानदरान पनि रहेका छन् । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका पूर्वखेलाडी नेयमारले हालसम्म भारतमा कुनै खेल खेलेका छैनन् । एसियन च्याम्पियन्स लिगमा अल हिलाल बलियो क्लब हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!