नेपाल र भारतसँग एसिया कपमा खेल्न बाबर आजमको कप्तानीमा पाकिस्तानी टोलीको घोषणा

Posted on: 10 Aug, 2023

साउन २५, काठमाडौँ | आसन्न एसिया कप र त्यसअघि हुने अफगानिस्तानविरुद्धको क्रिकेट शृङ्खलाका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । 

पाकिस्तानका मुख्य प्रशिक्षक इन्जामाम उल हकले बुधबार बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

एसिया कपअघि पाकिस्तानले अफगानिस्तानसँग तीन खेलको सिरिज खेल्नेछ। एसिया कपको समूह 'ए' मा पाकिस्तानसँगै नेपाल र भारत छन्। 


भारत र पाकिस्तानको राजनीतिका तनावका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। 

एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। 

तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७  (भदौ ३१) हुनेछ।

नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि अभ्यासका लागि ५ भदौमा कराँचीमा पुग्नेछ।

पाकिस्तानी टोली

अब्दुल्ला शफिक, फखर जमान, इमाम-उल-हक, बाबर आजम (कप्तान), सलमान अली आगा, इफ्तिखर अहमद, तय्यब ताहिर, मोहम्मद रिजवान, मोहम्मद हरिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उसमा मीर, फहीम अशरफ, हरिस रउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहीन अफ्रिदी।

यस बिषयमा तपाइको प्रतिक्रिया...!