एसीसी इमर्जिङ टिम्स कप: पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौं | श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग नेपाल चार विकेटले पराजित भएको छ ।

कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुदै एक सय ७९ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो |

पाकिस्तानको जितमा मुहम्मद तैयब ताहिरले ५१ रनको बनाए भने  कमरान घलमले ३१ र सइम अयुबले २४ रन बनाए । नेपालीका लागि बलर ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका थिए । उनि नवौं नम्बरमा क्रिज समाल्न आएर ७५ रनको बनाएका थिए । त्यस्तै प्रतिस जीसीले पनि २६ रन बनाएका थिए | भने आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३, पवन सर्राफ १, कुशल भुर्तेल १, रोहित पौडेल ४ तथा भीम सार्की शून्य  रनमा बनाएर आउट भएका थिए । पाकिस्तान ए का लागि बलर दहानीले ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले ४ विकेट र मुबासिर खानले १ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!