जिम्बाबेविरुद्ध चलेन सन्दीपको जादु, ३३ म्याचपछि पहिलो पटक विकेटविहीन

Posted on: 19 Jun, 2023

असार ४, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेले विश्वकप छनोट अन्तर्गत आईतबार सम्पन्न जिम्बावेविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा ३३ खेलपछि पहिलो पटक विकेट विहीन भएका छन् ।

ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाएका सन्दीपले जिम्बाबेसँग खेल्नुअघिका ३३ खेलहरुमामा सँधै विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शनमा नेपालले धेरै खेलहरुमा शानदार जित निकालेको छ । सँधै बलिङमा जादु देखाउने सन्दीपले जिम्बाबेविरुद्ध जादु चलाउन सकेनन् ।


उनले आफ्नो लयलाई निरन्तरता दिन सकेनन् । जिम्बाबेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन खचिए र उनी ३३ खेलपछि पहिलो पटक विकेट विहीन भए । विकेट विहीन भएपनि सन्दीप ओडीआईमा लगातार सबैभन्दा बढी इनिङमा विकेट लिने खेलाडीको पहिलो नम्बरमा छन् ।

दोस्रोमा २६ खेलसहित अस्ट्रेलियाका ब्रेटली, तेस्रोमा २५ खेलमा वेस्ट इन्डिजका इयान बिसोप, चौथोमा २४ खेलसहित अफगानिस्तानका हमिद हसन र पाँचौंमा खेलको कीर्तिमानसहित न्यू जिल्यान्डका क्रिस प्रिन्गेल छन् ।

विश्वकप छनोटमा बलिङमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको नेपाल घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले विश्वकप छनोटको दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!