गिलको शतकमा प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजरात, बाहिरियो हैदराबाद

Posted on: 16 May, 2023

जेठ २, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । 

यस जितपछि गुजरातले एक खेल बाँकी छँदै प्लेअफमा चरणमा पुगेको छ | गुजरात १३ खेलबाट १८ अंक जोडेको शीर्ष स्थानमा छ । गुजरातले लिग चरणको अन्तिम खेल बैंगलोरसँग खेल्नेछ |

हैदरावाद भने लिग चरणबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि नै दिल्ली क्यापिटल्स लिगबाट बाहिरिसकेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिलको सानदार शतकमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो ।

गुजरातका लागि गिले र साई सुदर्शनसँग मिलेर १४७ रनको साझेदारी गरे । गिलले ५८ बल १०१ रन बनाए भने साई सुदर्शनले ३६ बलमा ४७ रन बनाए ।


अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। हैदरावादका लागि बलर भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनायो । हैदरावादका लागि हेनरिच क्लासेनले ४४ बलमा सर्वाधिक ५४ रन बनाए । भुवनेश्वर कुमारले २७ रन बनाए।

गुजरातका लागि बलर मोहम्मद शामीले ४ ओभरमा ४ विकेट लिए । यस्तै मोहित शर्माले ४ ओभरमा ४ विकेट लिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!