कोलकाताविरुद्ध राजस्थान ९ विकेटले विजयी, जयसवालको विष्फोटक ब्याटिङ

Posted on: 12 May, 2023

वैशाख २९, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सविरुद्ध राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गर्दै ४७ बलमा ९८ बनाए ।


पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे । आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो ।

जस बट्लर शून्य रनमा आउट भएपछि क्रिजमा आएका सन्जु सामसनले २९ बलमा नटआउट ४८ रन बनाए ।

त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कोलकाताका लागि वेंकटेस ऐयरले सर्वाधिक ४२ बलमा ५७ रन बनाए भने नितिश राणाले २२ रन बटुले ।

राजस्थानका लागि बलर युजवेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए |

१२ खेल खेलेको राजस्थान १२ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता भने १२ खेलबाट १० अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!