IPL:दिल्लीविरुद्ध चेन्नाई २७ रनले विजय, जितसंगै अंक तालिकाको दोस्रो स्थानमा

Posted on: 11 May, 2023

वैशाख २८, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि राइले रुसोले सर्वाधिक ३५ रन बनाए भने मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाए ।

चेन्नाईका लागि बलर मथिशा पिथरनाले ३ विकेट लिए भने दिपक चाहरले २ विकेट लिए । रविन्द्र जडेजाले १ विकेट लिए ।


त्यसअघि घरेलु मैदान टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

चेन्नाईका लागि शिभम दुबेले १२ बलमा सर्वाधिक २५ रन बनाए । ओपनर रुतुराज गाएकवार्डले १८ बलमा २४ रन जोडे । यस्तै अम्बाती राएडुले १७ बलमा २३ तथा रविन्द्र जडेजाले १६ बलमा २१ रन बनाए भने अजिन्का रहानेले  २१ रन बनाए र कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा अविजित २० रन जोडे ।

दिल्लीका लागि बलर मिचेल मार्शले ३ विकेट लिए भने अक्षर पटेलले २ विकेट लिए । अलिल अहमेद, ललित यादव र कुलदिप यादवले समान १ विकेट लिए ।

चेन्नाईले १२ खलेमा सातौं जित हात पारेर १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ भने  सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!