माघ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त बैठक बोलाएको छ । रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक डाकेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा दिउँसो ३ बजे बस्दैछ ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले समसामयीक राजनीतिक परिस्थितिबारे थप निर्णय गर्न बैठक बोलाइएको बताए । ढकालले भने,‘गृह मन्त्रालयबारे छलफल गर्छौं । साथै समसामयीक विषयमा पनि कुरा गर्ने भन्ने छ ।’
रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछिको आज बस्न लागेको संयुक्त बैठक पहिलो हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!