पोखरामा ६८ जना यात्रु सवार यती एअरलाइन्सको जहाज दुर्घटना !

Posted on: 15 Jan, 2023

माघ १, पोखरा | काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज दुर्घटना भएको छ।

यति एयरलायन्सको जहाज सेती नदीको खोंचमा खसेको हो ।  काठमाडौंबाट पोखरा आएको जहाज ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थल स्रोतले बताएको छ । जहाज दुर्घटना भएपछि आगो लागेको छ।


जहाजमा ६८ जना यात्रु सवार रहेका थिए। घटनाको थप विवरण आउन बाँकी छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!