दाङमा नुहाउन गएका एकजना विद्यार्थीको डुवेर मृत्यु

Posted on: 17 Sep, 2016

सन्तोषकुमार गुप्ता । असोज १ दाङ । दाङमा नुहाउन गएका एक जना विद्यार्थीको डुवेर मृत्यु भएको छ । शहिद आवासिय उच्च माद्यामिक विद्यालय मानपुर दाङमा कक्षा १२ मा अध्यनरत १९ वर्षीय नेत्र लुहारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरिक्षक दिप खड्काका अनुसार शनिवार दिउँसो १ बजे लुहार मानपुर ७ चौका खोला नहरको बाँधमा नुहाउने क्रममा डुवेका थिए । उनलाई जीवितै उद्धार गरि राप्ती अञ्चल अस्पताल पु(र्याइएको भएपनि उपचारका क्रममा पौंने दुईवजे दिउँसो मृत्यु भएको सहायक निरिक्षक खड्काले जानकारी दिए । लुहार कालिकोट जिल्लाको शिवठाना गाविस वडा नं. २ निवासी भएपनि उनी शहिद उमाविमा कक्षा १२ मा अध्यनरत थिए । लुहारको शव अहिले पोष्ट मार्टमका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!