सल्यानमा पनि पार्टी प्यालेस संचालन हुदै

Posted on: 16 Sep, 2016

भदौ ३१, सल्यान । सल्यानको श्रीनगरमा जिल्लाकै सबैभन्दा ठुलो होटल सञ्चालनमा आउदैछ । होटेल युनाईटेड एण्ड पार्टि प्यालेस प्रालिको नाममा र्सञ्चालन हुन लागेको होटेल सल्यानको सबै भन्दा ठुलो होटेल हो ।

व्यक्तिगत रुपमा व्यवसायका लागि मात्र संञ्चालित अन्य होटेल भन्दा यसमा केहि प्रमुख सेवाहरु दिन सकिने संचालक विकास डि.सी.ले जनाएका छन । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा प्रा.लि.कै रुपमा दर्ता भई होटेल तथा पार्टी प्यालेसको रुपमा चल्ने यो होटेल पहिलो हो ।

जिल्लामा संचालित अन्य होटेलहरुले खाना र आवासको लागि मात्रै अनुमति पाएपनि प्रा.लि. को रुपमा दर्ता भएको यो पार्टी प्यालेसमा, विवाह, व्रतवन्ध, पार्टी सेमिनार, गोष्ठी, संचालन हुनेछन । होटेल व्यावसायका लागि मात्रै ६० लाख लागत लाग्ने संचालक विकासले बताएका छन । 

अहिले निर्माणको क्रममा रहेको होटेल असोज २८ गतेबाट विधिवत उद्घाटन गरिनेछ भने हाटेलमा अहिले एउटा सेमिनार हल तयार भै प्रयोगमा आइरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!