प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडीको मृत्यु

Posted on: 16 Oct, 2022

असोज ३०, काठमाडौँ | नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको छ ।


क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत सहभागी नेपाल त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको आइतबार मध्याह्न मृत्यु भएको हो ।

कास्की प्रहरीकाअनुसार निसिम पोखरा-१० अस्पताल चोकका बासिन्दा हुन् । दुर्घटनामा घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!