युवा स्वरोजगारसम्बन्धी अन्तरक्रिया

Posted on: 09 Sep, 2016

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ । 

एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा युवा स्वरोजगारका माध्यमहरु, युवाहरु कसरी आर्थिक रुपमा सबल हुने ? वैदेशिक रोजगारीको वैकल्पिक बाटो, युवाका सम्बन्धमा राज्यका नीति लगायत विषयमा संस्थाका सामाजिक परिचालक धिरेनकुमार गुरुङले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सोल्मा युवा सन्जालका ६० बढी युवा सहभागी थिए । कार्यक्रमअन्तर्गत अहिले लालीगुराँस नगरपालिकाका विभिन्न वडाहरुमा युवाहरुलाई स्वरोजगारतर्फ प्रेरित गर्न विभिन्न कार्यक्रमहरु भइरहेको संस्थाका कार्यक्रम संयोजक कुमार विशंखेले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!