रोपाइँ गर्न जाँदै गर्दा खोलाले बगाएर वृद्धको मृत्यु

Posted on: 30 Jun, 2022

असार १६, नवलपरासी | पूर्वी नवलपरासीको गिरुबारी खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार खोलाले हुप्सेकोट गाउँपालिका-२ का ६८ वर्षीय केशबहादुर सलामलाई बगाएको हो । 


धानको बिउ बोकेर बुधबार गिरुबारी खोलापारि रोपाइँ गर्न जाँदै गर्दा उनलाई बगाएको प्रहरीले जनाएको छ । उनी बिउ बोकेर एक्लै खोला तरेका थिए । बाढीमा परेका कारण उनलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!