मेलम्चीमा बढ्यो पानीको बहाब, पुलमा क्षति भएपछि बाटो अवरूद्ध

Posted on: 09 Jun, 2022

जेठ २६, काठमाडौँ | सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढेको छ।

अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्‍याएको हो।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो।


यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ।

मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न लागिएको बताएका छन्।

मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!