दिगो विकासको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on: 30 Aug, 2016

भदौ १४, पर्वत । दिगो विकासको लागि पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नागरिक समाज संजाल पर्वतको आयोजनामा दिगो विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । सोमबार भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जिल्लामा रहेका स्थानिय तथा अन्तराष्ट्रिय एनजिओ तथा आइएनजिओले गरेका कार्यक्रम र त्यसको आर्थिक  पारदर्शीताका बारे प्रश्न चिन्ह उठाएका थिए ।

विगतका बर्षमा जिल्लामा रहेका केहि एनजिओहरुले कामभन्दा पनि अनियमितता तथा आर्थिक सवालमा फितलो भएका कारण अख्तियारमा समेत उजुरी परेको    कुरालाई सहभागीले वेजोडका साथ उठाएका थिए । 

दिगो विकासको लागि काम तथा योजना राम्रा र उपयोगी भएता पनि काम गराइ र आर्थिक पारदर्शीतामा भने कमजोर देखिएको बताए । सन् २०१५ मा अमेरिकामा भएका १९६ वटा देशको संयुक्त भेलाले पारित गरेको दिगो विकासको लक्ष्य पहिल्याउन १७ वटा सुचक जारी गरेका थिए । सोही लक्ष्यमका बारेमा छलफल भएको थियो ।   

विकशित मुलुकले ०.७ प्रतिशत लगानी विकासोन्मुख तथा अल्पविकसित देशहरुको लागि छुट्याउनुपर्ने  उक्त प्रतिबेदनमा उल्लेख छ । जसबाट ०.२ देखि ०४ प्रतिशत सम्म यसको प्रतिफल भएको बुझिएको छ । 

उक्त भेलाले दिगो विकासका सुचकमध्ये वितरणमा न्याय, आर्थिक न्याय, सामाजिक न्याय, बातबरणीय न्याय, शैक्षिक तथा पारदर्शीता सम्बन्धीका विषयबस्तुलाई प्रथामिकतासाथ राखेको छ भने  भोकभरी, खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, समावेशी शिक्षा, लैगिक समानता, स्वास्थ्य तथा सरसफाइ लगाएतका विषयबस्तुलाई उदेश्यमा राखेको छ । सन् २०३० सम्मको लागि  राखिएका दिगो विकास लक्ष्य १५ बर्षिय योजनामा रहेको छ ।

जेष्ठ नागरिक संघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा  ,प्रहरी नायव निरीक्षक गंगा पन्त, गैसस महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रिय इन्चार्ज देवि प्रसाद तिमिल्सिना लगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष राजेन्द्र पहाडीले गरेका थिए भने कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि किशोर सापकोटाले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!